नेकपा एस नवलपुर अध्यक्ष एमालेमा फर्किए
पाेखरा | फागुन १५, २०८०
पोखरा: नेकपा समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षसहित नेता कार्यकताए नेकपा एमाले पाटी प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पाटी प्रवेश गराएका हुन् ।
नेकपा एमाले जिल्ला कमिटिको आयोजनाको घरफर्क अभियान नेकपा एकीकृत समाजवादी पाटी र नेकपा माओवादी सहितका टोलीलाई नेकपा एमाले प्रवेश गराएका हुन ।
नेकपा एकीकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य झविलाल लालरान, प्रदेश सचिवालय सदस्य दुर्गा भुर्तेल, गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य खगराज कडेल, जिल्ला कमिटि उपाध्यक्ष एवम् युवा संघ इन्चार्ज प्रेम पाण्डे सहित जिल्ला कमिटि सदस्य, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटि, हुप्सेकोट गाँउ कमिटि अध्यक्ष सहित सम्पुर्ण कमिटि नै एमालेमा फर्किएका छन ।
त्यस्तै नेकपा माओवादी जिल्ला सदस्य तुलसीराम अर्याल , सहित डनु गिरी, टिकाराम पाण्डे , कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित एक दर्जन कार्यकर्ता एमाले प्रवेश गरेका हुन गत हप्ता मात्र नेकपा एकीकृत समाजवादी पाटीका केन्द्रिय सदस्य दोय शालिकराम भट्टराई र डा. गोपाल एमाले प्रवेश गरेका थिए ।
पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...
पोखरा: पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ...

